सिट बाँडफाँटमा ८० प्रतिशत सहमति भइसक्याे : मन्त्री कार्की

काठमाडौँ । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सिट बाँडफाँटको विषयमा दलहरूबिच करिब ८० प्रतिशत सहमति भइसकेको बताएका छन् ।

शुक्रवार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भई निर्वाचनमा जाने दाबी गरे । राजनीतिक स्थिरता नदिई, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए ।

सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वाभाविक भएको उनको भनाइ छ ।

त्यस्तै, कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =