धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिर्‍याे

धनगढी । धनगढी विमानस्थलकाे धावनमार्गमा जहाज अवतरण गर्नेबेला स्याल छिरेकाे छ । यसपछि जहाज अवतरणमा ढिलाइ भएकाे विमानस्थल कार्यालयले जनाएको छ ।  काठमाडाैँबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो ।

ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =