आफ्नै आमाको हत्या गर्ने १ जना पक्राउ
२०७९ भदौ ३१ गते

धनुषा । आफ्नै आमाको हत्या गरेकाे अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वे रहेकाे प्रहरीले जनाएकाे छ । उनीमाथि आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोग छ । उनलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७९ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








