चोलेन्द्रको १७४ पेज लामो बयान, हस्ताक्षर गराउन ७ घण्टा लाग्ने !
२०७९ भदौ ३१ गते

फाइल फोटो
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गराउन शुरु गरेको छ । १७४ पेज लामो बयानमा हस्ताक्षर गराउन शुरु गरिएको हो ।
समितिका एक सदस्यकाअनुसार हस्ताक्षर गराउन ७ घण्टाभन्दा बढी समय लाग्नेछ । नेकपा एमालेको माग अनुसार पूरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको छ । जबरालाई पूरक प्रश्न सोध्ने तयारी हुँदैगर्दा एमाले सांसदहरूले रोकेका थिए ।
याे पनि : एमालेको प्रस्ताव- ‘जबरालाई पूरक प्रश्न नगरौँ, थप कागजात मगाऔँ’
सुरुमा विगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरूको माग थियो । सोहीअनुसार प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले विगतको बयानमा जबरालाई हस्ताक्षर गराउन शुरु गरेको हो ।
२०७९ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








