‘अरुणिमा जव फेयर-२०२२’ हुँदै

काठमाडौँ । अरुणिमा कलेजको आयोजनामा ‘अरुणिमा जव फेयर-२०२२’हुने भएको छ । काठमाडौँको बौद्ध कुमारीगालमा अवस्थित अरुणिमा कलेजले आगामी असोज ३ गते ‘अरुणिमा जब फेयर-२०२२’कार्यक्रमको आयोजना गर्न लागेको हो ।

जव फेयरमार्फत रोजगारको अवसर खोजिरहेको विद्यार्थीहरूलाई रोजगारीको अवसर प्रदान गरिनेछ । ‘कार्यक्रमको उद्देश्य भनेको रोजगारको अवसर खोजिरहेको विद्यार्थीहरूलाई रोजगारीको अवसर प्रदान गर्नु हो,’ अरुणिमा कलेजका प्रमुख केशव प्रसाद जोशीले भने, ‘ विद्यार्थीहरूको बायोडाटा हेरि कामको लागि अफर गरिनेछ । उपयुक्त व्यक्तिहरूलाई कामको अवसर प्रदान दिन्छौँ ।’

उनकाअनुसार कामको खोजीमा रहेका विद्यार्थीहरूलाई सहज रूपमा आफूभित्र भएको क्षमता दक्षतालाई प्रस्फुटन गर्नको लागि जव फेयरको आयोजना गरिएको हो । कार्यक्रममा १५ देखि २० ओटा विभिन्न कम्पनीहरू सहभागी हुने र कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने छन् ।

जव फेयर असोज ३ गते दिउँसो ११ बजेदेखि ३ बजेसम्म कलेजमा आयोजना हुने बताइएको छ । उक्त कलेजले कक्षा ११, १२ तथा व्याचलरका विभिन्न कोर्सहरू पठनपाठन गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *