आज सेमिफाइनलका खेल हुँदै

महिला साफ : फाइनल प्रवेशका लागि भारतको सामना गर्दै नेपाल

काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो सेमिफाइनलमा नेपालले भारतको सामना गर्नेछ ।

नेपाल र भारतबीचको खेल साँझ ५ः३० बजेबाट शुरु हुनेछ । नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ ।

समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । भारतले समूह ‘ए’को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *