सान्चो र रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेरिफलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । युनाइटेडले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १७औं मिनेटमा सान्चोको गोलमा अग्रता लिएको युनाइटेडले खेलको ३९औं मिनेटमा रोनाल्डोले गरेको पेनाल्टी गोलबाट अग्रता दोब्बर बनाएको थियो । रोनाल्डोको यस सिजनमा यो पहिलो गोल हो ।

यो जितपछि समुह इ मा रहेको म्यानचेस्टर युनाइटेडको २ खेलमा ३ अंक भएको छ । युनाइटेडले यस अघि खेलेको पहिलो खेलमा स्पेनिस क्लब रियल सोसियडाडसँग हार बेहोरेको थियो । त्यस्तै शेरिफको पनि २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *