चुनावमा एमालेसँग तालमेल हुन्छ : कमल थापा

जनकपुरधाम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावका लागि नेकपा एमालेसँग तालमेल हुने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले तालमेलका लागि एमालेका नेतासँग कुराकानी भइरहेको उनले बताए । यद्यपि केही सिटमा एमालेसँग तालमेल हुने उनले बताए ।

थापाले सबै प्रतिनिधि र प्रदेश सभा क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने जानकारी दिए ।

पार्टी निर्माण भएको ६ महिनामै आफ्नो पार्टी ७७ जिल्लामै गठन भइसकेको बताउँदै उनले आफूले हिन्दु राष्ट्रको एजेन्डा नछोडेको बताए ।

‘हिन्दु राष्ट्रकै निम्ति आफूहरू लड्दै आएको र अहिले पनि त्यो एजेन्डाकै लागि काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *