थप १ सय २६ जनामा कोरोना संक्रमण
२०७९ भदौ ३० गते

काठमाडौँ । नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परीक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








