अमेरिकी राजदूत बेरीसँग ओलीकाे बिदाइ भेट
२०७९ भदौ ३० गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेट गरेका छन् ।
उनीहरू बीच बिहीबार एमाले केन्द्रीय कार्यालय, च्यासलमा बिदाइ भेट भएकाे हाे । भेटका क्रममा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाइ तथा धन्यवाद दिएका थिए ।
भेटमा नेपाल र अमेरिकाबीचको मित्रतापूर्ण सम्बन्ध र नेपालको विकासमा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको थियो ।
२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








