टिप्पणी

सरकार ! किन खुल्दैन सानो गाडीको अग्रिम टिकट ?

काठमाडाैँ । असोज १ गतेदेखि लामो दूरीको गाडीको अग्रिम टिकट खुलाउने भनेर यातायात व्यवसायी र यातायात व्यवस्था विभागले निर्णय गरेपनि सानो दूरीको गाडीको अग्रिम टिकट खुलाउन यातायात व्यवस्था विभागले अहिलेसम्म कुनै निर्णय गरेको छैन । अहिले सानो गाडीमा सवार गरेर दशैं मान्न गाउँ जाने लाखौँ जनताहरू अग्रिम टिकट काट्नबाट वञ्चित भएका छन् ।

सानो गाडी चढेर दशैं मान्न जाने मानिस पनि त नेपाली नागरिक त हुन् नि ! तर किन सानो गाडी चलाउने यातायात व्यवसायी र यातायात व्यवस्था विभागले यसको अग्रिम टिकट खुलाउँदैन । सानो गाडीको अग्रिम टिकट यातायात व्यवसायी र यातायात व्यवस्था विभागले नखुलाउँदा दशैंमा सानो गाडीबाट आफ्नो गाउँघर जाने मानिसहरूले दशैंको समयमा गाडी नपाउने, गाडी पाएपनि पैसा वा भाडा महँगाे तिर्नुपर्ने बाध्यता रहेको छ ।

अहिले सानो गाडी चलाउने यातायात व्यवसायीहरूले पहिलाको भन्दा दोब्बर भाडा यात्रुसँग लिइरहेका छन् । उदाहरणका लागि पहिला कोटेश्वरबाट सिन्धुली गएको ६७५ लिने गर्थे भने अहिले ११ सय भाडा लिने गर्छन् । झन् यीनीहरूले त दशैंको समयमा अब २ हजार रुपैयाँ यात्रुसँग भाडा बढेको भन्दै लिने छन् ।

जनताले यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयलाई सोध्छन्— के सानो गाडी चढेर घर जाने मानिसचाहिँ जनता होइन र । किन सानो गाडीको अग्रिम टिकट नखुलाएको । के यसमा पनि आर्थिक लेनदेन गरिएको हो । सानो गाडी चलाउने यातायात व्यवसायीहरू अहिले यातायात व्यवस्था विभागका महानिर्देशकलाई हामीले हातमा लिएका छौँ भन्छन् ।

साथै सानो गाडीको अग्रिम टिकट नखुल्दा हजार रुपैयाँको टिकट काटेर आफ्नो गाउँघर पुग्ने बाटोमा दुई हजार तिरेर जानुपरिरहेको छ । महँगाे भाडा तिरेर पनि सिट नपाउने र गाडी वा सिट छैन भनेर व्यवसायीहरू जनतासँग झन् महँगाे भाडा लिएर ठग्छन् । त्यस्तै गरी हजारको टिकट दुई हजारमा बेचेर कमाएको नाफा यातायात व्यवस्था विभागमा समेत भाग लगाउनुपर्ने भनेर टिकट काट्ने काउण्टर वा यातायात व्यवसायीहरू नै बताउँछन् ।

सानो गाडीको अग्रिम टिकट नखुल्दा यातायात व्यवसायी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई फाइदै-फाइदा छ भने जनता मारमा परिरहेका छन् । सानो गाडीहरू कालोप्लेटमा लाखौँ दर्ता भएका छन् । अहिले लाखौँ मानिसहरू सानो गाडीमा दिनहुँ यात्रा गर्छन् । सानो गाडीले छिटो पुर्‍याउने भएकाले पनि सानो गाडी चढ्न जनता रुचाउँछन् । तर सानो गाडीको नै अग्रिम टिकट यातायात व्यवसायी वा सरकारले नखुलाउँदा जनता दुखी छन् ।

जनताहरू अहिले, सरकारले ठूलो गाडीको अग्रिम टिकट खुलायो । तर,  सानो गाडीको खुलाएनन् भनेर यातायात व्यवस्था विभागका महानिर्देशकसँग गुनासो गर्छन् । सरकारले सानो गाडीको अग्रिम टिकट खुलाउने व्यवस्था गरेमा सानो गाडीमा आफ्नो गाउँघर जाने मानिसहरूले सरकारले तोकेको भाडामा पनि टिकट पाउँछन् र सहज र सजिलो वातावरणमा घर पनि जान पाउँछन् ।

सानो गाडी चलाउने यातायात व्यवसायीहरू अहिले भन्छन्, हाम्रो कमाइ हुने समय नै यँही दशैं हो । तर, सरकारले सानो गाडीको अग्रिम टिकट खुलाएमा हामीहरूले कमाउन पाउँदैनौँ । साथै सानो गाडीको अग्रिम टिकट नखुलाउनका लागि अहिले यी व्यवसायीहरू यातायात व्यवस्था विभाग दिनहुँ जस्तो धाइरहेका छन् । यी व्यवसायीहरू भन्छन्, हामीले विभागलाई लाखौँ रुपैयाँ दिएर सानो गाडीको अग्रिम टिकट खुलाउनबाट रोेकेका छौँ ।

विगतका दशैंहरूमा पनि कहिले पनि सानो गाडीको टिकट नखुल्ने, यातायात व्यवस्था विभागलाई व्यवसायीले पैसा दिने र ५ सय लाग्ने बाटोमा १५ सय लिएर यात्रु ठग्ने गर्थे र यसपालिको दशैंमा पनि त्यही हुने छ । साथै दशैंको समयमा ठूलो वा सानो गाडीहरूले जेष्ठ नागरिक, अपाङ्गता, बालबालिकाहरूलाई भाडा छुट दिदैँनन् ।सरकारले सानो गाडीमा १३ सिटको मात्र अनुमति दिएको हुन्छ । तर, यीनीहरूले २३ देखि २५ जनासम्म हाल्ने र गाडीमा नक्कली सिट राखेर जनता ठगीरहेका छन् ।

सानो गाडीहरूको राेड पर्मीट रहेको छैन । यीनीहरूले पटकेको आधारमा गाडी चलाउँछन् । साथै यीनीहरूले पनि सुपर डिलक्सको नाममा सरकारले तोकेको भन्दा ४० प्रतिशत बढी भाडा यात्रुसँग लिइरहेका छन् । तर, यी गाडीहरूको पछाडि एक चक्के हुने भएकाले सरकारले बनाएको सुपर डिलक्सको मापदण्डभित्र यी गाडीहरू पर्दैन र यीनीहरूले यसको भाडा पनि लिन पाउँदैनन् ।

यी सानो गाडीहरूले यात्रुले बोकेको सुट्केस वा झोलाहरूको पनि पैसा लिन्छन् र सिटभन्दा बढी मानिस हालेर दुर्घटना गराएर जनता मार्छन् । दशैंको समयमा जनताले महँगाे भाडा पनि तिनुपर्ने र दुर्घटना भएर पनि मर्नुपर्ने । जनताले अहिले यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेयसँग माग गर्छन्, हाम्राे लागि सानो गाडीको पनि अग्रिम टिकट खुलाइदिनुस् ।

सानो गाडी यातायात व्यवसायीहरूले जनतालाई यसरी ठग्दा पनि यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेय के हरेर बस्छन् र तपाईं हामी जनताको लागि महानिर्देशक भनेको कि यातायात व्यवसायीको लागि भनेर जनता यातायात व्यवस्था विभागका महानिर्देशकसँग प्रश्न गर्छन् । साथै कि सानो गाडीलाई चलाउन नदिनु वा दर्ता खारेज गरिदिनुस् होइन भनेर यी गाडीहरूको अग्रिम टिकट खुलाइदिनुस् ।

सानो गाडी चढेर दशैं मान्न जाने हामी जनताहरू जुन दिन घर जाने त्यँही दिन टिकट काट्ने गछौँ र टिकट काट्न जाँदा त्यही टिकट सकिएमा भनिने र महँगाे पैसा दिएमा मात्र टिकट दिइने गरिन्छ यसले गर्दा जनताहरू मारमा परेका छन् । अघिल्ला महानिर्देशकहरूले पनि सानो गाडीसँग आर्थिक लेनदेन गरेर अग्रिम टिकट खुलाएका थिएनन् भने यसपालि पनि महानिर्देशक पाण्डेयले आर्थिक लेनदेन कै कारण सानो गाडीहरूको अग्रिम टिकट नखुलाएको जस्तो छ ।

२०७३ सालमा यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेय नै थिए र उनसँग यातायात व्यवसायीहरूको राम्रो चिनजान पनि रहेको छ । जसले गर्दा आज उनले हामी सर्वसाधारणलाई नै बिर्सनुभएको हो । पाण्डेय यातायात व्यवस्था विभागमा महानिर्देशकका रूपमा आउँदा जनताको उनप्रति निकै आशा रहेको छ । हरियो प्लेट र कालो प्लेटको टयाक्सीको ३५ वर्षदेखि नयाँ दर्ता खुलिएको छैन । अहिले टयाक्सीको जम्मा संख्या ९ हजार मात्र रहेको छ । ट्याक्सीमा बेथिति रहेको छ र टयाक्सी यात्रुले भनेको ठाउँमा पनि नजाने र मिटरमा पनि जाने गर्दैन ।

त्यस्तै गरी २० वर्ष पुराना ट्याक्सीको स्क्राइप गरेको नम्बर प्लेट १२ लाखमा अहिले बिक्री हुन्छ । यही २० वर्ष पुराना गाडीको स्क्राइप गरेको नम्बरप्लेटमा अहिले पनि नयाँ गाडी किनेर ट्याक्सी व्यवसायी गरिन्छ । यसरी एउटै मानिसले २०३२ देखि २०७९ सालसम्म व्यवसाय गरिरहेका छन् । जसले गर्दा न ट्याक्सी वा भाडाका गाडीको संख्या बढ्छ , न नयाँ व्यवसायी आउन पाउँछन् त न ट्याक्सीमा भएको सिण्डिकेट नै हटेको छ ।

पछिल्लो समय यातायात व्यवसायीहरू सरकारले गरेको २० वर्ष गाडी हटाउने निर्णय उल्टाउन ठूलो आर्थिक चलखेल गरिरहेका छन् । अब सरकारले २० वर्ष गाडीको पुरानो नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न पनि दिनु हुदैँन र यिनीहरूको दर्ता खारेज गर्नुपर्छ । अब खुला प्रतिस्पर्धा गर्न दिनुपर्छ । साथै ट्याक्सी वा हरियो र कालो प्लेटको गाडीको पनि नयाँ दर्ता खुलाउनुपर्छ । एयरर्पोटमा २०५० सालदेखि हरियो प्लेटको ट्याक्सीमा सिण्डिकेट छ र २०७ ओटा मात्र ट्याक्सी रहेको छ । एयरपोर्टबाट बानेश्वर आएको ३ हजारसम्म लिइन्छ । के यो ट्याक्सीको ठगीधन्दा होइन र । मिटरमा यात्रु नबाक्ने र यात्रुले भनेको ठाउँमा नजाने तर सरकार पनि नयाँ ट्याक्सीको दर्ता नखोल्ने ।

यातायात व्यवसायीहरूले सिण्डिकेट लगाएर जनतालाई ठग्दा वा लुटदा पनि यातायात व्यवस्था विभागका महानिर्देशक पाण्डेय चुपचाप बसिरहेका छन् । न बढी भाडा लिने व्यवसायीहरूलाई अनुगमन गरेर कारबाही नै गर्छन्, न सानो गाडीको अग्रिम टिकट नै खुलाउँछन् । यसबाट त व्यवसायीको अघि महानिर्देशक लम्पसार परिरहेको जस्तो देखिदैँन र अहिले सरकारले तोकेको भाडा कति हो भनेर जनतालाई थाहा छैन । जसले गर्दा यातायात व्यवसायीहरू जनतासँग मनलागी भाडा लिइरहेका छन् ।
एउटा उदाहरण नै भन्दा कोटेश्वरबाट काभ्रेको पाँचखाल तामाघाट भएको ६ महिनाअघि ९० रुपैयाँ लिइन्थ्यो भने अहिले १७० रुपैयाँ लिइन्छ । के यो सरकारले तोकेको भाडा रेट हो त । सरकारले तोकेको भाडा यातायात व्यवस्था विभागको भित्तामा टाँसेर राखिएको छ भने जनताले देख्न पाएका छैनन् । सरकारले कति किलोमिटरसम्म कति भाडादर तोकेको छ भनेर हामी जनतालाई थाहा नै छैन । सरकारले तोकेको भाडादर गंगपुरको नयाँ बसपार्क, कलंकी, कोटेश्वरमा जनताले देख्ने गरी राखिदिने हो भने जनता ठगीनबाट जोगिन्थे ।

साथै यता सानो वा ठूलो गाडीको टिकट काट्ने काउण्टरमा सरकारले तोकेको भाडालिस्ट राखिएको हुदैँन । जसले गर्दा हामी जनता वा यात्रुले जति काउण्टरले माग्छ त्यति नै भाडा वा पैसा तिनुपर्छ । साथै महँगाे भाडा लिएको थाहा पाएपछि पनि कता गएर उजुरी गर्ने भनेर हामी जनतालाई थाहा हुदैँन । गाडीहरूमा यातायात व्यवसायीहरूले राखेको भाडालिस्ट पनि सरकारले प्रमाण्ति गरेको भाडा लिस्ट हुदैँन ।

यिनीहरूले गाडीमा राखेको भाडालिस्ट पनि यातायात पालिकहरूको छाप र अधयक्षको दस्तखतमा तयार पारिएको हुन्छ । जसले गर्दा त्यहाँ सरकार पक्षको दस्तखत र फोन नम्बर पनि हुने गर्दैन । लोकल गाडीहरूले पैसा लिन्छ । तर, टिकट दिँदैन र लामो रोडका गाडीहरूले टिकट दिएतापनि टिकटमा सरकार पक्षको फोननम्बर हुँदैन । अब सरकारले यात्रुले काट्ने टिकटमा सरकारपक्षको फोन नम्बर अनिवार्य रूपमा राख्नुपर्छ । साथै पैसा लिने तर टिकट नदिने यातायात व्यवसायीहरूलाई पनि कारबाही गर्नुपर्छ ।

टिकटमा अबदेखि गाडीधनीको नाम, गाडी दर्ता भएको मिति, सिटनम्बर, सरकारपक्षको नम्बर लेख्नुपर्छ । दशैंमा जनता ठग्ने र मार्ने यातायात व्यवसायीहरूलाई अब कारबाही गर्नुपर्छ । साथै यता लामो रोडको गाडीको यातायात व्यवसायीहरूले टिकट खुलेको मितिले २ दिनमा टिकट सकिएको भनेर बहाना बनाउने र हजारको टिकटलाई दुई हजारमा बेच्ने गर्छन् । पर्दाभित्र बसेर यातायात व्यवसायीहरूले बिचौलियामार्फत् दशैंमा जनता ठग्ने गर्छन् । यता टिकट काट्ने काउण्टरमा गयो भने टिकट छैन भनिने तर महँगाे पैसा दिन्छु भनेपछि जतिपनि पाउने । यो कताको चलन हो ।

प्लेनहरूमा पनि दशैंको समयमा यँही चलन चल्दै आइरहेको छ । दशैंको समयमा यातायात व्यवसायी र प्लेन व्यवसायीहरू जनता ठग्न कस्सेर लागिपरेका हुन्छन् । यातायात व्यवसायीहरूले जनतासँग सुपर डिलक्सको नाममा लिएको ४० प्रतिशत बढि भाडा सरकारले अब हटाउनुपर्छ । कानूनमा तीन वर्ष पुगेपछि गाडीले सुपर डिलक्सको भाडा लिन पाउँदैन तर यहाँ त १६ देखि १७ वर्ष पुगेका गाडीहरूले पनि सुपर डिलक्सको भाडा लिने गर्छन् । यात्रुहरू गाडीको सिटमा गएर बस्दा सिटले यात्रुको कपडा च्यात्ने, पानी गाडीभित्र नै आउने, झप्यालको सिसा सबै फुटेका गाडीहरूले पनि अहिले सुपर डिलक्सको भाडा यात्रुसँग लिइरहेको छ ।

कानूनमा ६ वर्ष पुगेका गाडीहरू रातिको समयमा चल्न पाउँदैनन् । तर, यहाँ त १६ देखि १७ वर्षसमेत पुगेका गाडीहरू रातिको समयमा चलिरहेको पाइन्छ । अहिले सानो गाडी चढेर आफ्नो गाउँघर जाने मानिसहरू सरकारले सानो गाडीको अग्रिम टिकट खुलायो कि खुलाएन भनेर बुझ्न दिनहुँ जस्तो गंगपुर, चाबहिल, कोटेश्वरतिर धाइरहेका छन् । तर त्यहाँ भने जुन दिन घर जाने हो त्यही दिन टिकट काट्न आउनु भनेर पठाइरहेको छ । पछि टिकट काट्दा यातायात व्यवसायीहरूले भनेको जति नै भाडा तिनुपर्ने भएकाले मानिसहरू महँगाे भाडा तिरेर बाध्यताका साथ पनि घर गइरहेका छन् । अब सरकारको यसप्रति ध्यान जान निकै जरुरी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *