विप्लव समूहका नेता-कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने सरकारकाे निर्णय

काठमाडौँ । सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता-कार्यकर्तामाथि लागेका मुद्दा खारेज गर्ने निर्ण गरेकाे छ ।

पार्टी प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै गत २७ भदौको मन्त्रिपरिषद्ले मुद्दा खारेज गरेको दाबी गरेको हाे ।

‘मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को वैठकले निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =