प्रतिनिधि सभाको बैठक एक दिनपछि सर्यो
२०७९ भदौ ३० गते

फाइल फाेटाे
काठमाडौँ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक एक दिनपछि सरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी विशेष कारणवस बैठक सारिएको जनाएका छन् ।
उनका अनुसार प्रतिनिधि सभाको बैठक भोलि बिहान ११ बजे बस्नेछ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।

२०७९ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








