डर्टमुन्डविरुद्ध म्यानचेस्टर सिटीको कमब्याक जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले जर्मनी क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले डर्टमुन्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० ले पछि परेको सिटीले खेलको अन्तिम १० मिनेटमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीको जितमा जोन स्टोन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यस्तै डोर्टमण्डका लागि जुडे बेलिंघमले एक गोल गरेका थिए ।

यस सिजनको च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको यो लगातार दोस्रो जित हो । यो जितपछि सीटीको २ खेलमा ६ अंक भएको छ । समूह जी मा रहेको म्यानचेस्टर सिटी समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै डर्टमुन्डको २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *