काभ्रेमा पहिरोका कारण तीन जनाको मृत्यु

काठमाडौँ । काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ​बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्यान गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरो बिहीबार बिहान खसेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =