मेसी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले इजरायली क्लब मक्काबी हैफालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा मक्काबी हैफाले शुरुवाती गोल गरेपनि पिएसजीले कम ब्याक गर्दै खेल जितेको थियो । पिएसजीको जितमा लियोनेल मेसी, किलियन एम्बाप्पे र नेइमारले एक/एक गोल गरेका थिए । त्यस्तै मक्काबीका लागि जारोन चेरीले एक गोल गरेका थिए ।

जितपछि पिएसजीले लगतार दोस्रो जित हासिल गर्दै २ खेलमा ६ अंक हासिल गरेको छ । समूह एचमा पिएसजी शीर्ष स्थानमा रहेको छ ।

बेनिफिकाको ए खेलमा ६ अंक रहेको छ भने यस समूहमा रहेको युभेन्टसले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *