बहराइनसँग ६-० ले स्तब्ध भएसँगै नेपाल एसियन कपमा छनोटबाट बाहिरियो

काठमाडौँ । नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा लगातार तेस्रो हार बेहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६-० ले पराजित भएको हो ।

यससँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ । लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ । पहिलो खेलमा नेपाल भुटानसँग २-० ले तथा दोस्रो खेलमा कतारसँग ३-१ ले पराजित भएको थियो ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *