यू-१७ साफ: नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

काठमाडौँ । भारतले यू-१७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार श्रीलंकाको कोलम्बोमा सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

भारतले पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो । यस अघि समूह चरणमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको नेपालले फाइनल खेलमा भने खराब प्रदर्शन गरेको छ । यस अघि यू-१५/१६ स्तरमा खेलाइँदै आएको साफ प्रतियोगितालाई यस पटक यू-१७ स्तरमा खेलाइएको थियो ।

यस अघि २०१९ मा भएको यू-१६ साफमा फाइनलमा भारतले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो । भारतले योसहित अहिलेसम्म चार पटक यो जितेको छ । त्यस्तै नेपाल भने अहिलेसम्म चार पटक फाइनलमा पुगेपनि उप विजेतामै चित्त बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *