समितिलाई सर्वाेच्च फुलकाेर्टको जवाफ : हामी आउनु शाेभनीय हुँदैन, आउँदैनौँ !

काठमाडाैँ । सर्वोच्च अदालतकाे फुलकाेर्टले संसद्काे महाअभियोग सिफारिस समितिले बोलाएको छलफलमा सहभागी नहुने निर्णय गरेकाे  छ ।

सिफरिस समितिले बिहीबार बिहान साढे ८ बजे सर्वोच्चका ६ जना न्यायाधीशलाई पत्र पठाएर सोधपुछका लागि बोलाएकोमा फुलकाेर्टले निर्णय गरी समितिकाे बैठकमा जानु शाेभनीय नहुने निष्कर्ष निकालेकाे छ ।

महाअभियोगको कारबाही प्रक्रियाका सन्दर्भमा अदालतका न्यायाधीशहरूलाई सिफारिस समितिले उपस्थित हुन र सोधपुछ तथा सवाल जवाफ गर्न बोलाएको थियो।

फुलकाेर्टले संसदीय समितिकाे छलफलमा न्यायाधीशहरू जाँदा स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेको मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसंवत, उचित र शोभनीय नहुने उल्लेख गरी समितिलाई पत्र लेखेकाे हाे ।

सर्वोच्चका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा महाअभियोग सिफारिस समितिलाई कुनै पनि न्यायाधीश नआउने जानकारी गराइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *