परराष्ट्रमन्त्री खड्का बेलायत महारानीको अन्त्येष्टिमा सहभागी हुने
२०७९ भदौ २९ गते

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार असोज १ गते बेलायत जाने भएका छन्।
बेलायती महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन खड्का त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र स्रोतले जनाएको छ।
बेलायती महारानी एलिजावेथको असोज ३ गते अन्त्येष्टि हुँदै छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।
उनको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको थियो।
२०७९ भदौ २९ गते
प्रतिक्रिया








