परराष्ट्रमन्त्री खड्का बेलायत महारानीको अन्त्येष्टिमा सहभागी हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी शनिबार असोज १ गते बेलायत जाने भएका छन्।

बेलायती महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन खड्का त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र स्रोतले जनाएको छ।

बेलायती महारानी एलिजावेथको असोज ३ गते अन्त्येष्टि हुँदै छ। महारानी एलिजावेथको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो।

उनको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *