टिकट नपाउने बेहोस् हुन्छन् कि भन्ने चिन्ता छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाइ भएको बताएका छन् ।

बुधवार काठमाडौँमा समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रमका बोल्दै नेपालले निर्वाचन नजिकिँदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाइ भएको बताएका हुन् ।

उनले कतिपय अपेक्षा नगरेका व्यक्तिहरूले समेत टिकट माग गरेको जिकिर गरे । वृद्धावस्थामा पुगेका नेताहरूले पनि टिकट माग गरेको उनले बताए ।

उनले टिकट नपाउँदा कतिपय मान्छे फेन्ट हुने स्थिति रहेकाे बताए । उनले भने, ‘मंसिर ४ गते चुनाव छ, टिपक नपाउने हाे भने कतिजना फेन्ट हुने हाे थाहा छैन ।’

अध्यक्ष नेपालले टिकट वितरणका लागि को काबिल छ वा छैन भन्ने छुट्टाउन पनि समस्या भइरहेको जिकिर गरे । त्यस्तै उनले सांसद पदबाट हटेपछि कुनै न कुनै व्यवसायमा जोडिन पनि नेताहरूलाई सुझाव दिए ।

अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरी मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *