आफूहरू विरुद्ध लगाइएका आरोप पुष्टि गर्न चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती

काठमाडौँ । पूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फोरमले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबन्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पनि चुनौती दिएको छ ।

महाअभियोगमा उठाइएका विषयहरूको छानबिन न्यायिक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा समय अपुग भए अर्को संसद्ले समेत स्वामित्व ग्रहण गर्नुपर्ने फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताए ।

उनले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध प्रारम्भ भएको महाअभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको बताए । महाभियोग समितिमा राणाको बयानबाट कतिपय अभियोग साबित भई कसुर प्रमाणित भइसकेको अवस्था रहेको पनि उनले बताए ।

उनले व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकालाई प्रभावित पार्ने कामको अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *