चिनियाँ राष्ट्रपति सी काजकिस्तान र उज्बेकिस्तान जाने

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ बुधवार काजकिस्तान र उज्बेकिस्तान भ्रमणमा जाने भएका छन् । उज्बेकिस्तानमा हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) को शीर्ष नेताहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

बैठकमा सहभागी हुन आएका विभिन्न देशका नेतासँग उनले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको अधिकारीहरूले जनाएका छन् । भेटवार्ताका क्रममा उनले सबै शीर्ष नेताहरूसँग आपसी सम्बन्ध, दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्ने तय भएको छ ।

उनको दुई देशको भ्रमण आगामी शुक्रवारसम्म हुने अधिकारीहरूले जानकारी दिएका छन् । यस वर्ष चीन र काजकिस्तानको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वर्ष भएकाले पनि उनले भ्रमणलाई महत्त्व दिएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सीले कोरोनाभाइरसको महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमण गर्न लागेका हुन् । तीन दिन लामो भ्रमणको पहिलो दिन उनी बुधवार काजकिस्तान जाने भएका छन् । उनले उज्बेकिस्तानमा हुने सम्मेलनमा भने बिहीबार सहभागिता जनाउने भएका छन् ।

सम्मेलनमा उज्बेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तानजस्ता मध्य एसियाली देशहरू तथा इरान, भारत र पाकिस्तानका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *