चोलेन्द्रले बयानका क्रममा नाम लिएका व्यक्तिहरूलाई छलफलमा बाेलाउने समितिकाे निर्णय

काठमाडौँ । संसद्को महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरूलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायाधीश, पूर्वन्यायाधीश लगायतलाई बिहीवार छलफलका लागि बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।

न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए ।

यसअघि बयानका क्रममा जबराले आफूलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै विभिन्न व्यक्तिहरूको नाम लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *