चिनियाँ नेता लीले गरे भक्तपुरका ऐतिहासिक सम्पदाको अवलोकन

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले भक्तपुरको ऐतिहासिक सम्पदाहरूको अवलोकन गरेका छन् ।

बुधवार ली चान्सुको टोलीले भक्तपुर दरबार स्क्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्वार, सुनधाराको अवलोकन गरेका थिए । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उनले भूकम्पले पुर्‍याएको क्षतिबारे पनि जानकारी लिएका छन् ।

प्रतिनिधिमण्डलका सदस्यहरूले भक्तपुर नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका थिए ।

त्यसअघि उनले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । ली चान्सुले मङ्गलवार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी भदौ ३० गते बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *