काठमाडौँमा एकैदिन २,५४९ सवारी चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २,५४९ जना चालक कारबाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा उनीहरुलाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका छन् ।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =