जबराले नाम लिएकाहरूलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएकाहरूलाई बोलाउने भएको छ । भर्खरै सम्पन्न सिफारिस समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले उनीहरूलाई पत्राचार गरिने बताए । ‘चोलेन्द्रले नाम लिएका पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूलाई बैठकमा बोलाउँछौँ,’ उनले भने, ‘ज-जसको नाम आएको छ उनीहरूलाई बोलाउने बैठकले निर्णय गर्‍यो । उनीहरूलाई पत्राचार गर्दैछौँ ।’

बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिले राजनीतिक दलका नेतालाई भने बोलाउने छैन ।  जेष्ठ सदस्य विष्टकाअनुसार महाअभियोग सिफारिस समितिको बैठक भोलि पनि बस्ने छ । तर समय भने तय हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =