स्पोर्टिंगसँग २-० ले हार्‍यो टोटनह्याम

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्याम पोर्चिगीच क्लब स्पोर्टिंगसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा स्पोर्टिंगले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्पोर्टिंगको जितमा पाउलिन्हो र अर्थरले एक एक गोल गरेका थिए । समुह डी अन्तर्गत गएराती नै सम्पन्न अर्को खेलमा फ्र्यांक फर्टले फ्रेन्च क्लब मार्सेलीलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

यो जितपछि स्पोर्टिंगले लगातार दुई खेलमा जित हासिल गर्दै ६ अंक बटुलेको छ भने टोटनह्यामको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै फ्र्यांक फर्टले पनि पहिलो जित हासिल गर्दै २ खेलमा ३ अंक बनाएको छ भने मार्सेलीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *