महिला साफ : नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने

काठमाडौँ । काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत भएको छ । भारतले मंगलबार सम्पन्न खेलमा बङ्गलादेशसँग ३-० को हार बेहोरेसँगै समूह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

नेपाल समूह ‘बि’को विजेता भएकाले अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन् । नेपालले यसअघि समूह चरणका खेलमा भुटानलाई ४-० र श्रीलङ्कालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भारतले समूह ‘ए’मा पाकिस्तानलाई ३-० ले र मालदिभ्सलाई ९-० ले पराजित गरेको थियो । तर समूह चरणको अन्तिम खेलमा भारत बङ्गलादेशसँग ३-० ले पराजित भयो ।

अर्को सेमिफाइनलमा बङ्गलादेश र भुटान भिड्ने भएका छन् । बङ्गलादेश समूह ‘ए’मा अपराजित हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ भने भुटानले समूह चरणमा नेपालसँग हार बेहोरेपनि श्रीलङ्कालाई पराजित हुँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

अब सेमिफाइनलका खेल आगामी शुक्रबार हुने छन् । शुक्रबार पहिलो सेमिफाइनल बङ्गलादेश र भुटानबीच अपराह्न १ बजेदेखि हुनेछ भने दोस्रो सेमिफाइनल साँझ साढे ५ बजेदेखि नेपाल र भारतबीच हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *