बार्सिलोनामाथि बायर्नको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले आफ्नै घरेलु मैदानमा पाहुना टोलि बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा लुकास हर्नानडेज र लिरोय सानेले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोलमा सकिएको खेलमा दोस्रो हाफको ५० र ५४औं मिनेटमा बायर्नले गोल गरेको थियो ।

समुह सि मा रहेको बायर्न म्युनिखको यो लगातार दोस्रो जित हो । यो जितपछि बायर्न म्युनिखको २ खेलमा ६ अंक भएको छ भने बार्सिलोनाले यस सिजनमा दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । बार्सिलोनाको २ खेलमा ३ अंक रहेको छ । यसै समुहमा रहेको इन्टर मिलानले भिक्टोरिया प्ल्जेनलाई २-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

इन्टर मिलान यस अघि पहिलो खेलमा बायर्न म्युनिखसँग पराजित भएको थियो । त्यस्तै यस समुहको भिक्टोरिया प्ल्जेनले भने दुवै खेलमा हर बेहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *