निर्वाचन आयोगले बोलायो १२ दलका प्रतिनिधि

काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ । आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले आज मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो ।

ठूला दलले निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा व्यवस्था गरिएको मन्त्री चुनाव प्रचारप्रसारमा जान नपाइने भन्ने प्रावधानको विरोध गर्दै सच्याउनुपर्ने माग गरेका छन् ।

यो पनि : मन्त्रीहरू चुनाव प्रचारमा हिँड्न पाउनुपर्ने दलहरूकाे माग, के भन्छ निर्वाचन आयाेग ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =