चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भेटे प्रधानमन्त्री

काठमाडौँ । नेपालको चार दिवसीय औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबिच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाललाई चीनले गरेको सहयोगका बारेमा पनि भेटमा छलफल भएको परराष्ट्र मामिला सल्लाहकार तरुणकुमार सुवेदीले जानकारी दिए ।

ली चान्सुले बुधवार राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =