प्रचण्ड भन्छन्- ‘सुदन किराती प्रधानमन्त्री बन्नुहुन्छ’

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका युवा नेता सुदन किराती प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । मंगलबार राजधानीस्थित मण्डला थिएटरमा नेता किरातीद्वारा लिखिति पुस्तक ‘पल पलको मृत्यु’ लोकार्पण गर्दै प्रचण्डले भने, ‘उहाँ (सुदन किराती) प्रधानमन्त्री बन्नुहुन्छ ।’
प्रचण्डले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताए । उनले भने, ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अब सुदनको निम्ति ठूलो कुरा रहेन । राष्ट्रपति पनि हुने नजिकै छ ।’ साथमा उनले जनयुद्धकालीन नेता किरातीकाे याेगदानकाे सम्मान गरेका छन् ।
उनले पुस्तक लेखेकाेमा नेता किरातीलाई शुभकामना दिए । ‘सुदन किराती जल्दोबल्दो युवा नेता हुनुहुन्छ । उहाँले रचनाहरू ल्याउने जमर्को गर्नुभएको छ, सफलताको सिँढी चढ्दै हुनुहुन्छ । शुभकामना छ । याे पुस्तक राम्राे बनेकाे छ,’ उनले भनेका छन् ।








