माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।

लोकतान्त्रिक तमु संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले माधव नेपालले १ सिट जित्ने उल्लेख गर्दै त्यसबाहेक उनको पार्टीले थ्रेसहोल्ड नकटाउने दाबी गरे ।

उनले भने, ‘प्रचण्डको पार्टीले यसपटक थ्रेसहोल्डसम्म कटाउला । माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन । माधवले १ सिट जित्लान् । अरू थ्रेसहोल्ड कट्दैन ।’

माधव नेपाल र प्रचण्ड देश बर्बाद बनाउने नाइके भएको आरोप समेत उनले लगाए । त्यस्तै, उनले नेपालको पार्टीमा गएकाहरूलाई एमालेमा फर्कन समेत आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =