अब पनि एमाले सरकार नबने एसपीपी आउँछ, देश रणमैदान बन्छ : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पनि एमालेको सरकार नबने देश रणमैदान बन्ने बताएका छन् ।

उनले पोखरामा लोकतान्त्रिक तमु संघको सम्मेलनलाई गर्दै हालको सरकार परमादेशबाट बनेको र देशलाई रणमैदान बनाउने सम्झौता गरेको उनको आरोप छ । त्यस्तै, उनले याे निर्वाचन सामान्य नभएकाे समेत बताए ।

‘यो निर्वाचन सामान्य होइन, अहिले परमादेशबाट सवा वर्षका लागि सरकार बन्दा तहसनहस भैसक्यो’, ‘उनले भने, ‘एमसीसी पास भयो, एसपीपी भित्रभित्रै गर्न लागेको थियो हामीले रोक्यौँ । अब पनि एमाले सरकार बनेन भने एसपीपी आउँछ, देश रणमैदान बन्छ ।’

उनले एमसीसी र एसपीपीबाट नेपालमा शक्ति राष्ट्रको चलखेल बढेकाे दाबी गरे । त्यसलाई रोक्न एमालेको सरकार बनाउनुपर्ने ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =