साफ यू-१७ च्याम्पियनसिप

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडाैँ । नेपाली राष्ट्रिय यू-१७ फुटबल टोलीले साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो । नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।

अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ । फाइनल खेल बुधबार हुनेछ । नेपाल समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *