करेन्ट लागेर एकैदिन तीन जनाको मृत्यु

काठमाडौँ । झापामा विद्युतीय तथा अन्य विभिन्न अव्यवस्थित तारले मानवीय तथा भौतिक क्षतिहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले यसलाई व्यवस्थित गर्नका लागि बिद्युत प्राधिकरणका कार्यालयहरूलाई निर्देशन दिएको छ । शनिबार एकै दिन करेन्ट लागेर झापामा ३ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले यस्तो निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षलाई आग्रह पनि गरेको छ । लत्रिएका तारहरूलाई नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयले यथाशीघ्र उचित व्यवस्थापन गर्न जिल्लास्थित सबै विद्युत् प्राधिकरणका युनिटहरूलाई भनिएको छ ।

झापाको मेचीनगर नगरपालिका, बुद्ध शान्ति र हाल्दिबारी गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =