प्रचण्डलाई भेट्न गृह र कानुनमन्त्री पुगे खुमलटार

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । संसद्‌मा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न दाहाल निवास खुमलटारमा बिहान भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएकाे छ । प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेका बेला संसद्‌मा रहेका विभिन्न विधेयकबारे दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका हुन् ।

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =