फुटबलमा नेपालको आज तीन खेल (तालिकासहित)

काठमाडौँ । नेपालका तीन फरक टोलीले आज अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दा पुरुषतर्फ यू-१७ र यू-२० टोली पनि मैदानमा उत्रनेछन् ।

दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह बी को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

आजै साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ । भने नेपालले एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोटमा आज कतारसँग पनि खेल्दैछ ।

बहराइनको अल मुहारक रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ११:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएपछि नेपालले खराब सुरुवात गरेको छ ।

खेल तालिका :

साँझ ५:३० बजे -(छैटौं महिला साफ च्याम्पियनसिप) नेपाल विरुद्ध श्रीलंका

रातको ८:१५ बजे -(साफ यू-१७ च्याम्पियनसिप) नेपाल विरुद्ध श्रीलंका

रातको ११:४५ बजे -(एएफसी यू-२० च्याम्पियनसिप छनोट) नेपाल विरुद्ध कतार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *