ज्यूँदै मान्छे जलाउने आलमको नाम प्रदेश समितिबाट सिफारिस

जनकपुरधाम । इँटा उद्योगमा ज्यूँदै जलाएर मान्छेको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता आफताब आलमको नाम प्रदेश समितिले पनि प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ ।

कांग्रेस प्रदेश समितिको जनकपुरधाममा दुई दिनअघि बसेको बैठकले उनको नाम रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरेको हाे ।

प्रदेश समितिले उनको नाम सिफारिस गरेर केन्द्रमा पठाएको कांग्रेस स्रोतले जनाएको छ ।

पार्टीका प्रदेश प्रचारप्रसार विभाग प्रमुख निते कुमार गुप्ताले आलमको नाम प्रदेशबाट सिफारिस भएको जानकारी दिए ।

इँटा उद्योगमा ज्यूँदै मान्छे जलाएर मारेको अभियोगमा आलम पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *