मुख्यमन्त्री कार्यालयबाटै कर्मचारी पक्राउ

पोखरा । सरकारले ल्याउन लागेको निजामती विधेयकमा आफ्ना माग सम्बोधनका लागि आन्दोलन गरिरहेका कर्मचारी पक्राउ परेका छन् । मुख्यमन्त्री कार्यालय गण्डकीको प्राङ्गणबाटै उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूले समायोजन ऐन बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई प्रदेश मा सरुवा र बढुवाको लागि गण्डकी प्रदेश सरकार बाट जारी गर्न लागेको प्रदेश निजामती ऐन मा नसमेटेको गुनासो गरेका छन् ।

आफ्ना माग सहित धर्ना बसिरहेको अवस्थामा कर्मचारी समातिएका हुन् । उनीहरूलाई तत्काल रिहा गर्न कर्मचारीसम्बद्ध संघ संगठनको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =