गोकर्णेश्वरमा बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा मुख्यालय भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था भिजन क्लब इन्टरनेसनल अन्तर्गतको नेपालस्थित भिजन क्लब अफ काठमाडौँले भाद्र २५ गते शनिवार काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेशनल बाथरोग सेन्टर तथा बद्री तीर्थ समाजसँगको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा १४० जनाले स्वास्थ्य जाँच गराएको क्लबका अध्यक्ष राजकृष्ण श्रेष्ठले जानकारी दिए ।

यसअघि गत भाद्र १५ गते भिजन क्लब अफ काठमाडौँले पशुपति आर्यघाटमा बेवारिसे लासहरू दाहसंस्कार गर्दै आएका अभियन्ताहरू विनय जंग बस्नेत र सपना रोक्का मगरलाई क्रमशः जनही रु ५५ हजार र रु ४५ हजार सहयोग गरेको थियो ।

बाथरोग सम्बन्धी अर्को निःशुल्क शिविर फेरी असोज १ गते शनिवार गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा सञ्चालन हुने क्लबका अध्यक्ष राजकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।



तस्वीर: भिजन क्लब इन्टरनेसनल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nineteen =