कार्यदलको प्रतिवेदनमै आधारित भएर सिट बाँडफाँटबारे छलफल गर्दै गठबन्धन दल

साेमवारसम्म सहमति खाेजिने

काठमाडौँ । सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको उनको भनाई छ । खनालले सोमबार बैठक बसेर अधिकांश विषय टुङ्गो लगाउने जानकारी दिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शीर्ष तहमा बुझाएको थियो । तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रूप दिन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =