निलम्बित प्रधानन्यायाधीश जबराको चौथो दिनको बयान सुरु

काठमाडाैँ । निलम्बित प्रधानन्यान्याधीश चाेलेन्द्र शमशेर जबराकाे प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान सुरु भएकाे छ ।

सिंहदरबारस्थित समिति कार्यालयमा जबरासँग बयान लिन थालिएकाे हाे । यसअघि समितिले भदौ १५, १६ र १९ गते जबराको बयान लिएको थियो । तीन दिनकाे बयानमा जबरासँग ११ वटा प्रश्नकाे मात्रै साेधिएकाे छ ।

आज बाँकी रहेका ३२ वटा प्रश्न सोध्ने तयारीमा समितिकाे छ । समितिले जबराकाे बयानका लागि ४३ प्रश्न तयार पारेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =