आज महाभियोग सिफारिस समितिको बैठक बस्दै, ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिने
२०७९ भदौ २६ गते

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ।
आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बोलाइएको हो।
यसअघि बसेको तीन दिनमा जम्मा ११ प्रश्नको जवाफ मागेको छ। अझै ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिन बाँकी रहेको महाअभियोग सिफारिस समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले बताए।
समितिसमक्ष चोलेन्द्रले आफ्नो जवाफ दिइरहेका छन्। महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्।
संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ।
२०७९ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








