फेवातालको जलकुम्भी निकाल्न पोखरा पुगे महाविर, सफा गर्न मेसिन बनाइने

पोखरा । पोखरा स्थित फेवातालमा भरिएको जलकुम्भी झार निकाल्न महाविर पुनको टीम पोखरा आएको छ । शनिबार ५ हजार किलो जलकुम्भी निकालिएको संयोजक डा। रवीमोहन ढकालले जानकारी दिए । २ सय जना जति स्वास्थ्यर्की एवं चिकित्सक, इन्जिनियर लगायत सहभागी भएका थिए । पुनले तालको जलकुम्भी हटाउने दीर्घकालीन समाधानको प्रश्ताव समेत गरेका छन् ।

‘सँधै दुइ चार महिनामा एक पटक सफा गरेर पुग्दैन । ति जलकुम्भी झारहरु हटाउने मसिन नबनाई हुँदैन,’ उनले भने, ‘सो मशिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो काम पोखराको पश्चिमान्चल ईन्जिनियरिङ कलेज लामाचौरमा गरिने छ ।’ सबै सामान आविष्कार केन्द्रले उपलब्ध गराउने पुनले बताए । ८ महिनाभित्रमा काम सक्ने गरी थालनी हुने उनको भनाइ छ ।

फेवातालमा क्यानडाबाट ल्याइएको मेसिन छ । तर त्यसले खासै काम गर्दैन । मेसिन बनाउने रकम दान र सहयोग मार्फत संकलन गरिने पुनले जानकारी दिए । केही दिनयता ताललाई जलकुम्भीले ढाकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =