सिट बाँडफाँटबारे शनिबार पनि सहमति जुटेन, आज फेरि बैठक

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि सहमति जुट्न सकेन् ।

हिजो साझ बसेको सत्तारुढ दलका शीर्ष नेताले पनि सिट संख्या टुंगो लगाउन असफल भएका हुन् ।

बैठक कुनै सहमति नजुटी बैठक सकिएको एक बताईको छ । हिजोको बैठकमा उपन्द्र यादव उपस्थित थिएनन् ।
जसपा नेता रामसहाय प्रसाद यादवले अब छिट्टै सहमति गर्नुपर्छ भनेर आफूहरुले प्रयास गरेको बताए।

हिजो कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गर्ने बताइएको थियो। तर, सिट बाँडफाँटको विषय पेचिलो बन्दै जाँदा शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन सकिएको हो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्यस्त भएको भन्दै शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबारसम्मलाई स्थगित भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =