‘खै अमेरिकी सेना नेपाल आयो त ?’
२०७९ भदौ २४ गते

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी लाई लिएर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस चितवनले आज शुक्रवार आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ को समापन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताए ।
कतिपयले एमसीसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उनले भने, ‘खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ?’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिद्धयाउन षड्यन्त्र भइरहेको दाबी पनि गरे । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक रहेकोले भ्रमको पछाडि नलाग्न नेता कार्यकर्तालाई उनको आग्रह थियो ।
२०७९ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








