एलिजाबेथप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बेलायती दूतावास पुगिन् राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न लैनचौरस्थित बेलायती राजदूतावास पुगेकी छन् ।

उनले त्यहाँ पुगेर महारानीकाे निधनप्रति दुःख व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर समेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुरा गर्दै महारानीको निधनबाट नेपालले एक असल मित्र गुमाएकाे बताएकी थिइन् । त्यस्तै राजदूतसँगकाे भेटमा भण्डारीले महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् ।

एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौँस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =