पत्रकार गणेश राई सम्मानित
२०७९ भदौ २४ गते

काठमाडाैँ । वरिष्ठ पत्रकार गणेश राई सम्मानित भएका छन् । किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष राईलाई किरात राई पत्रकार संघ उपत्यका समन्वय समिति, काठमाडाैँले सम्मान गरेकाे हाे । ५औं अधिवेशनकाे अवसर पारेर समितिले लामाे समययता कान्तिपुर दैनिकमा आबद्ध राईलाई कदरपत्रका साथ खादा र पगरी गुथाएर सम्मान गरेकाे हाे ।
किरात राई यायाेक्खाकाे मुख्यालय काेटेश्वरमा सम्पन्न कार्यक्रमका बीच राईलाई समितिका निवर्तमान अध्यक्ष प्रकाश चाम्लिङ राई, ५औं केन्द्रीय अधिवेशन आयाेजक समितिका संयाेजक अवतार राई, सदस्य-सचिव कृष्णजित राईसँगै संघका पूर्वसचिव सन्दीप राईले विशेष सम्मान गरेका हुन् ।
२०६४ असाेज १४ गते गठन भएकाे संघले निरन्तर किरात राई पत्रकारहरूकाे हक, हित र अधिकारकाे पक्षमा संस्थागत वकालत गर्दै आएकाे छ ।
- सम्बन्धित सामाग्री
किरात राई पत्रकार संघ काठमाडाैँ उपत्यकाकाे अध्यक्षमा श्याम, सचिवमा धनबल
२०७९ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








